• बैशाख १२ २०८३, शनिबार

इरानले खसाल्याे अमेरिकाकाे अर्काे एफ–३५ स्टेल्थ फाइटर जेट

चैत्र २० २०८२, शुक्रबार

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले शुक्रबार अमेरिकाको एउटा एफ–३५ स्टेल्थ फाइटर जेट खसालिएको दाबी गरेको छ ।

युद्ध सुरु भएदेखि खसालिएको यो दोस्रो एफ–३५ जेट भएको इरानले जनाएको छ ।
गएको मार्च १९ मा पनि इरानले यस्तै दाबी गरेको थियो । कर्प्सले यो विमान आफ्नो एउटा नयाँ र उन्नत हवाई रक्षा प्रणालीद्वारा खसालिएको जनाएको छ ।

विमान पूर्ण रूपमा ध्वस्त भएको र ठूलो विस्फोटका कारण पाइलट जीवित रहने सम्भावना अत्यन्तै कम रहेको इरानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अमेरिकी सेन्ट्रल कमान्डले यसअघिका यस्ता दाबीलाई अस्वीकार गर्दै आएको छ । पछिल्लो यो घटनाबारे भने कुनै आधिकारिक पुष्टि गरिएको छैन ।

file photo.