• बैशाख १२ २०८३, शनिबार

बालेन सरकार बनेसँगै सुनको भाउ ५ हजारले बढ्यो, के बजारमा पनि हलचल आएको हो ?

चैत्र १५ २०८२, आईतवार

काठमाडौं । स्थानीय बजारमा आइतबार (चैत १५) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा पाँच हजार रुपैयाँ बढेको हो ।

आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार (चैत १३) सुनको मूल्य तोलामा दुई लाख ८१ हजारमा कारोबार भएको थियो ।

त्यस्तै, यसदिन चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ५० रुपैयाँ बढेर प्रतितोला चार हजार ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।