• बैशाख १२ २०८३, शनिबार

‘ओरालो लागेको एमाले…’ महेश बस्नेतलाई पक्राउको माग गर्दै शोभा पाठकद्धारा मुद्धा दायर

चैत्र १५ २०८२, आईतवार

काठमाडौँ । एमालेलाई यतिबेला ओरालो लागेको हरिणलाई बाच्छाले पनि लखेट्छ भने झैं भएको छ । जेनजी आन्दोलनमा बच्चाबच्चीमाथि गोली चलाउन आदेश दिएको आरोपमा बालेन सरकारले सनिवार मात्र प्रहरीले केपी ओलीलाई पक्राउ गरेको छ । यही आरोपमा तत्कालिन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई सनिवार नै पक्राउ गरिएको छ भने आजमात्र पूर्वऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्कालाई पनि पक्राउ गरिएको छ ।

जेनजी आन्दोलनको समयमा आगजनी गरिएको कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको घरमा भेटिएको जलेको पैसाको प्रमाण नष्ट नहोस् भनी देउवाको घर भत्काउन रोक लगाइएको छ ।

गत फागुन २१ गते भएको चुनावबाट सरकारमा रास्वपा आएपछि यसअघिको सरकारको तर्फबाट भएका भ्रष्टाचारी र जेनजी आन्दोलनताका भएको दमनकारीहरुमाथिको कारवाही सुरुभएको छ ।

यसैबीच एमालेका नेता महेश बस्नेतमाथि पनि बज्र प्रहार भएको छ । उनलाई पक्राउ गर्न माग गर्दै उनकी पूर्वप्रमिका शोभा पाठक पनि सरकारी वकिलको कार्यालयमा पुगेकी छन् । पाठकले ओली सरकारकै पालामा बस्नेतमाथि कारवाहीको माग गर्दै मुद्धा दायर गरेकी थिइन् तर प्रहरीले उनको मुद्धा पाखा लगाइदएिको थियो । बस्नेत भने मिडियामा पक्राउ गरेर त देखाऊ भनी धम्की दिँदै हिँडेका छन् ।

पाठक आइतबार काठमाडौँ प्रहरी परिसरबाट सरकारी वकिल कार्यालय पुगेकी हुन् । उनले परिसरमा बस्नेतलाई पक्राउ गर्न माग गर्दै निवेदन दिएकी छिन् ।

पाठकले विगत ११ वर्षदेखि आफूलाई बस्नेतले यौन शोषण तथा दुर्व्यवहार गरेको बताउँदै उनलाई पक्राउ गर्न माग गर्दै आएकी छिन् । एमालेको यात्रा ओरालो लागेको यस अवस्थामा शोभा पाठकको मुद्धा के होला ? सबैको चासोको विषय बनेको छ ।