• बैशाख १२ २०८३, शनिबार

ओली पक्राउको विरोधमा एमालेले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दै

चैत्र १४ २०८२, शनिबार

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष पक्राउको विरोधम आज दिउँसो विरोध प्रदर्शन गर्ने भएको छ ।

एमालेको आज बसेको सचिवालय बैठकले प्रत्येक जिल्लाको सदरमुकाममा आज दिउँसो ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

बैठकले भोलि प्रत्येक जिल्लामा मध्याह्न १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउने निर्णय गरेको छ ।