काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
राति नै ओली र लेखकको घरमा पुगेका प्रहरीको टोलीले लेखक र ओलीलाई एकसाथ पक्राउ गर्ने योजना बनाएका थिए ।
ओलीलाई पक्राउ गर्न काठमाडौं अपराध अनुसन्धान कार्यालयको विशेष टोली ओली निवास छिरेको थियो । लेखकलाई करिब ६ बजे पक्राउ गरेको प्रहरीले त्यसको केही बेरमा ओलीलाई पनि पक्राउ गरेको थियो ।
झडप हुनसक्नेभन्दै बाहिर ठूलो मात्रामा प्रहरीको टोली परिचालन गरिएको थियो । प्रहरीले जारी गरेको जरुरी पक्राउ पुर्जी पनि ओलीले सहज नै स्वीकार गरे । प्रहरीको एउटा टोली राति २ बजे नै पुगेको थियो भने अर्को टोली ४ः३० बजेमात्रै पुगेको थियो ।
पक्राउ गर्न पुगेका एक प्रहरी अधिकारीले भने ओलीले सहज तरिकाले नै गिरफ्तारी दिएको बताए । ती प्रहरी अधिकारीसँग ओलीले भनेका थिए,‘‘यति धेरै प्रहरीको हुल बोकेर किन आउनु भएको ? म यत्तिकै पनि गइहाल्थे नि !”
“आफ्नो गिरफ्तारी प्रति सरकारमाथि कुनै आक्रोश पनि पोख्नु भएन,’’ प्रहरी स्रोतले भन्यो, “उहाँ सहजै तयार हुनुभयो । बाहिर निस्किने बेलामा राधिका शाक्यसँग अँगालो हालेर बिदा हुनुभयो
।”
बालेन नेतृत्वको सरकार बनेसँगै पहिलो शुक्रबार बसेको पहिलो मन्त्रिपरिष्दको बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै प्रहरीले ओली र लेखकलाई पक्राउ गर्न शुक्रबार रातभर अन्तरिक छलफल गरेको थियो ।
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ, प्रहरी प्रमुख आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल रातभर नै छलफलमा थिए ।