• बैशाख १३ २०८३, आईतवार

यस्तो छ ओलीविरुद्ध जारी गरिएको पक्राउ पुर्जी

चैत्र १४ २०८२, शनिबार

भक्तपुर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ । उनिहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रहरी परिसर भक्तपुरले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दामा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरको अपराध अनुसन्धान तथा कारबाही शाखाबाट जारी गरिएको पक्राउ पुर्जीमा ओलीलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन आवश्यक रहेको उल्लेख गरिएको छ।

पक्राउ पुर्जीमा उनको ठेगाना सूर्यविनायक नगरपालिका–७, गुण्डु उल्लेख गरिएको छ।

पक्राउ पुर्जी शनिबार नै जारी गरिएको हो। अनुसूची–९ अन्तर्गत दफा ९ को उपदफा (६) अनुसार अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने अवस्था देखिएकाले पुर्जी जारी गरिएको प्रहरी स्रोतले जनाएको छ।

यसअघि जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सरकारले गरेपछि सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् ।