• बैशाख १२ २०८३, शनिबार

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

चैत्र ११ २०८२, बुधबार

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १४ हजार ६ सय रुपैयाँले बढेर तोलामा दुई लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा दुई लाख ७३ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ४१५ रुपैयाँले बढेर तोलामा चार हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलामा चार हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।