• बैशाख १२ २०८३, शनिबार

एकाएक ताेलामा १४ हजार ६०० ले बढ्याे सुनकाे भाउ

चैत्र ११ २०८२, बुधबार

काठमाडौं । केही दिनयता लगातार घट्दै आइरहेको सुनको भाउ बुधबार (चैत ११) ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा १४ हजार ६०० रुपैयाँले बढेको हो ।

उपभोक्ताले एक तोला सुन खरिद गर्न दुई लाख ८८ हजार ५०० रुपैयाँ तिर्नुपर्नेछ । हिजो प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा ४१५ रुपैयाँले बढेर चार हजार ९२० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन चार हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।