विश्वमा न्याय सिकाउने देशहरू
संविधानमा अन्याय विरुद्ध न्याय
केवल नारा मात्र न्याय
हरेक साल कविता दिवस–अन्य दिवस
दिवस अर्थ के ?
जनता र शासन जागरण–परिवर्तन
विकसित विश्वमा नारा र नारी अझै देखावटी
एक देशले अर्को देशलाई
एक व्यक्तिले अर्को व्यक्तिलाई
मात्र शोषण…………..
यत्र…….. तत्र…….. सर्वत्र
जो कोही संसारमा लगाउँछन् नाराहरू
निःशुल्क सेवाभाव भित्र–भित्र स्वार्थ
देश हाम्रो नाममा, नाम र दाम कमाउने
देशको लागि रिटो–फुस्रा
त्यहाँ हुन्छन् हत्या र हिंसा
अन्याय बढिरहेको ठाउँमा, न्यायको लागि
आकाशमा विनाशकारी यन्त्र
बर्षाई रहेका छन् बम, बारुद, गोला, मिसाइल…………..
अकालमा मानव मृत्यु,
अनाहकमा भौतिक क्षति प्राकृतिक क्षति
यही हो विश्व कविता दिवस
यहाँ…………….
उत्कृष्ट संविधान भएको देशमा,
छैन व्यवहारमा न्यायको पात्र
पछि हुने चुनाव अघि सर्छ,
देश हाम्रो फल खानेर
यही होइन र ?
विश्व कविता दिवस
अर्जुन नेम्कुल
ल.पु.जि. महालक्ष्मी न.पा. वडा नं. ६