• चैत्र ५ २०८२, बिहीबार

काठमाडौंबाट शव बोकेर खाेटाङ पुगेको हेलिकोप्टर दुर्घटना, के छ चालककाे अवस्था ?

चैत्र ४ २०८२, बुधबार

खोटाङ । खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कंडेलले जानकारी दिइन् । दुर्घटनामा मानवीय क्षति नभएको जानकारी आफूले पाएको कंडेलले बताइन् ।

केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।