• चैत्र ५ २०८२, बिहीबार

इजरायली आक्रमणबाट बेरूतमा ६ जनाको मृत्यु २४ जना घाइते

चैत्र ४ २०८२, बुधबार

काठमाडौँ । इजरायली आक्रमणबाट लेबनानको राजधानी बेरूतमा ६ जनाको मृत्यु भएको छ । आक्रमणमा परी अन्य २४ जना घाइते भएका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयले बेरूतमा इजरायली वायु सेनाले गरेको दुईवटा आक्रमणमा ६ जनाको मृत्यु भएको र २४ जना घाइते भएका पुष्टि गरेको छ ।इजरायली वायु सेनाले बेरूतका तीनवटा अपार्टमेन्ट भवनहरूलाई निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘अल जजिरा’ले जनाएको छ ।

‘अल जजिरा’का अनुसार इजरायली सेनाले सैदा जिल्लाको अल अकिब्या सहरमा पनि आक्रमण गरेको छ । यो आक्रमण नजिकैको कनगरित सहरमा भएको अर्को आक्रमणको केही समयपछि भएको बताइएको छ ।