• चैत्र १ २०८२, आईतवार

घर फर्कन चाहने नेपालीलाई भिसा आवेदन दिन कतारस्थित नेपाली दुतावासकाे आग्रह

फाल्गुन ३० २०८२, शनिबार

काठमाडौं । खाडी मुलुक कतारस्थित नेपाली दूतावासले साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल फर्कन चाहने नेपालीलाई पर्यटक भिसा आवेदन दिनका निम्ति ‘अपोइन्टमेन्ट बुक’ गर्न आग्रह गरेको छ ।

दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत उक्त कार्य गर्न सकिने दूतावासले जनाएको छ ।

साउदी हुँदै नेपाल फर्कन चाहने वैध आवासीय अनुमतिपत्र (कतार आईडी) भएका र कतारमा बसोबास गर्ने नेपालीलाई मात्र अपोइन्टमेन्ट बुक गर्न भनिएको छ । । उक्त भिसा सेवा केन्द्र एजदान मल (अल घराफा)मा रहेको दूतावासले जनाएको छ ।

“थप जानकारीका लागि आवेदकहरूले भिसा सेवा केन्द्रलाई फोन नं. ५०६६०६२२ मा सम्पर्क गर्न सक्नुहुनेछ,” दूतावासले भनेको छ ।