अमेरिकी सेनाले आफ्नो एउटा इन्धन भर्ने जहाज पश्चिमी इराकमा दुर्घटनाग्रस्त भएको पुष्टि गरेको छ । दुर्घटनामा शत्रुपक्ष वा आफ्नै सेनातर्फबाट भएको कुनै पनि गोलाबारीको संलग्नता नदेखिएको बताइएको छ ।
घटनापछि जारी गरिएको वक्तव्यमा दुईवटा विमानसँग सम्बन्धित उक्त घटनापछि उद्धार कार्य जारी रहेको बताइएको छ। दोस्रो विमान भने सुरक्षित रूपमा अवतरण भएको पनि उक्त वक्तव्यमा उल्लेख गरिएको छ । त्यस्ता जहाजहरू युद्धका बेला आकाशमै अन्य जहाजहरूलाई तेल भर्न परिचालित गरिन्छन् ।
यसअघि इरानको राजधानी तेहरानमा नयाँ चरणको आक्रमण सुरु गरेको जानकारी दिएको इजरायलले शुक्रबार पनि लेबननमा हेजबुल्लाहका ठेगानाहरूलाई निशाना बनाइरहेको छ ।