• फाल्गुन २७ २०८२, बुधबार

अहिलेकै व्यवस्थामा पनि बहुमत प्राप्त गर्न सकिने पुष्टि भएको प्रदीप पाैडेलकाे भनाइ

फाल्गुन २६ २०८२, मंगलवार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गत बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बहुमत प्राप्त गरेको भन्दै बधाई दिएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै महामन्त्री पौडेलले पार्टी सभापति रवि लामिछाने र र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका हुन् । साथै उनले अहिलेको व्यवस्थामै पनि बहुमत प्राप्त गर्न सकिने पुष्टि भएको समेत बताए ।

अब बन्ने सरकारले देश र जनताको हितका लागि काम गर्ने विश्वास लिँदै महामन्त्री पौडेलले हरेक काममा कांग्रेसको साथ र समर्थन रहने प्रतिबद्धता समेत जनाए ।

साथै दूरगामी महत्त्व राख्ने मुद्दाहरूमा साझा राष्ट्रिय सहमति निर्माण गर्न उनले आह्वान समेत गरे। रास्वपाले प्रत्यक्षमा १२५ सिट प्राप्त गरेकाे छ भने समानुपातिकतर्फ ५० लाख ८८ हजार मत पाइसकेकाे छ।