काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५२ हजार हजार ६७६ मतगणना भएको छ ।
निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार हजार ७१४ मत प्राप्त गरेको छ ।
यस्तै, नेपाली कांग्रेसले १६ लाख ६७ हजार ५८८, नेकपा (एमाले)ले १३ लाख ८५ हजार ६८७, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ४८ हजार ७९७, श्रम संस्कृति पार्टीले तीन लाख ४६ हजार ७९७, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २२ हजार २० मत प्राप्त गरेको छ ।
यस्तै, जनता समाजवादी पार्टी नेपालले एक लाख ६८ हजार ४०४, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ६४ हजार ३९५ र जनमत पार्टीले ७५ हजार २०१ मत प्राप्त गरेका छन्।
समानुपातिकतर्फ मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म एक करोड दुई लाख ५२ हजार ६७६ मतको गणना भइसकेको छ ।