• फाल्गुन २३ २०८२, शनिबार

झापाका लागि उडेको बालेनको हेलिकप्टर काठमाडौं नै फर्काइयो

फाल्गुन २१ २०८२, बिहीबार

काठमाडौं । मतदान प्रक्रिया सकेर झापा जान लागेका रास्वपाका वरिष्ठ नेता बालेन शाह चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन नसकेपछि काठमाडौं नै फर्किएको छ ।

हेली एभरेस्टको नाइन एन एओबी (काठमाडौं-झापा) उडान मार्फत नेता शाह लगायत ०५ सदस्यीय टोली ०९:१२ बजे झापा प्रस्थान गरेको थियो ।

खराब मौसमको कारण हेलिकप्टर पुन: डाइभर्ट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०:१० बजे ल्यान्ड भएको जनाइएको छ ।