काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई तत्काल १५ देश छोड्न निर्देशन दिएको छ । अमेरिका र इजरायलले इरानमाथि गरिरहेको निरन्तर आक्रमणका बिच अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वका बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, कब्जा गरिएको वेस्ट बैंक र गाजा, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरब, सिरिया, संयुक्त अरब इमिरेट्स र यमन तत्काल छोड्न निर्देशन दिइएको हो ।
इरानमाथि भइरहेको आक्रमणको तीव्रता र इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्युले यस क्षेत्रमा तनाव चरम अवस्थामा पुगेको छ । यसैबिच यो समाचार तयारपार्दासम्म इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु भएको छ ।
रोयटर्सका अनुसार अमेरिकी सेनाले एक विज्ञप्ति जारी गर्दै सोमबार भएको उक्त घटनाको पुष्टि गरेको हो। घटनाको प्रकृति र मारिएका सैनिकहरूको विस्तृत विवरण भने गोप्य राखिएको छ। यसअघि सेन्टकमले ओमानको खाडीमा ११ वटा इरानी जहाजहरू डुबाइदिएको बताएको थियो ।