काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालले उमेदवारी घोषणा गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ढकालले उमेदवारी घोषणा गरेका हुन् । ढकालको नेतृत्वमा उमेदवारी घोषणा भएको हो ।
प्रस्तावित वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल, एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया, जिल्ला नगर उपाध्यक्षमा कल्पना गैरे, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ, प्रस्तावित महिला उपाध्यक्षमा कमला श्रेष्ठले उमेदवारी घोषणा गरेका हुन् ।