• फाल्गुन २३ २०८२, शनिबार

महाशिवरात्रिमा पशुपतिमा साधुसन्त मात्रै चार हजारकाे संख्यामा आउने

फाल्गुन २ २०८२, शनिबार

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा करिब चार हजार साधुसन्तहरूको उपस्थिति रहने जनाएको छ ।

कोषका कार्यकारी निर्देशक सुभाष जोशीले महाशिवरात्रिका अवसरमा नेपाल तथा भारतलगायत विभिन्न देशबाट करिब चार हजार साधुसन्तहरूको उपस्थिति हुने जानकारी दिँदै आउने साधुसन्तका लागि अस्थायी आवास, भोजन तथा सुरक्षा व्यवस्था मिलाइएको बताएका छन् ।

उनीहरूलाई तोकिएको स्थानमा बसोबासको व्यवस्था गरी मन्दिर परिसरको अनुशासन कायम राखिने कोषले जनाएको छ ।

आइतबार महाशिवरात्रिको अवसरमा दर्शनार्थीको अत्यधिक घुइँचो व्यवस्थापन गर्न चार वटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाएको र यस बर्ष आठ लाख भक्तजन दर्शनका लागि आउनसक्ने कोषले जनाएको छ ।