तुलसीपुर । प्रतिनिधिसभा निर्वाचनको मुखैमा दाङमा एकजना पाका कम्युनिष्ट नेता नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् ।
साविक हलवार गाविसका पूर्वउपाध्यक्ष तथा तत्कालिन नेकपा मालेको तर्फबाट २०६४ को संविधान सभा सदस्यको उम्मेदवार रहेका हिमलाल चौधरी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् ।
नेकपाका दाङको ३ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवार तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री धनबहादुर मास्की ‘राजेश’ले चौधरीलाई एक समारोहका बीच पार्टीमा स्वागत गरेका छन् ।