काठमाडौँ । नेपालले तेस्रो विकेट लिएको छ । नेपाली बलर सन्दीप लामिछाने टम बानटमलाई आउट गरेका हुन् । बानटम २ रन बनाएर आउट भएका छन् । यसअघि शेर मल्ल र नन्दन यादवले एक एक विकेट लिएका थिए ।
टस जितेर पहिला ब्याटिंग गरिरहेको इङल्याण्डले ६.१ ओभरमा ३ विकेट गुमाएर ५७ रन बनाएको छ ।