• फाल्गुन २४ २०८२, आईतवार

बार्हबिसे नगरपालिकाका संस्थापक मेयर तथा एमाले नेता शेर्पासहित नेता तथा कार्यकर्ता नेकपामा प्रवेश

माघ २३ २०८२, शुक्रबार

काठमाडौँ । नेकपा एमाले बार्हबिसे नगरपालिकाका संस्थापक मेयर निमफुन्ज शेर्पासहित विभिन्न क्षेत्रका नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समन्वय समिति तथा प्रतिनिधि सभा क्षेत्र नम्बर १ निर्वाचन परिचालन समितिद्वारा काठमाडौँको पेप्सीकोलामा आयोजित मतदाता भेटघाट कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शेर्पासहितका नेताहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

कार्यक्रममा प्रचण्डले वर्तमान राजनीतिक अवस्था, पार्टीको संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे चर्चा गरेका थिए । उनले जनताको विश्वास र समर्थन बलियो बनाउँदै संगठन विस्तारमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।