• श्रावण १० २०८३, आईतवार

म्यूजिक भिडियाेमा कुकुरकाे पनि भूमिका रहेकाे प्रविनको नयाँ गीत ‘सोल्टिनी’ रिलिज

माघ १९ २०८२, सोमबार

काठमाडौं । नयाँ नेपाली गीत ‘सोल्टिनी’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ। गीतमा प्रविन बज्राचार्य, बीना राउत, गीता भुजेल र माया (कुकुर) को अभिनय देख्न सकिन्छ।

गीतमा स्वर स्वयम् प्रविन बज्राचार्यको रहेको छ। गीतका शब्दहरू ललित गोलेले लेखेका हुन् भने संगीत संयोजन प्रदीप जोशीले गरेका छन्। गीतमा संगीत रचना द गोक्टे’ज (कमल उपासक) को रहेको छ।

म्यूजिक भिडियोको निर्देशन पनि बज्राचार्यले नै गरेका छन्। छायांकन अनिल र गोपालले सम्हालेका छन् भने भिडियोको सम्पादन तथा रंग संयोजन फ्यामिली क्रिएसन हाउसले गरेको छ।

‘सोल्टिनी’ गीतले प्रेम र सरल जीवनका भावनालाई प्रस्तुत गरेको छ। गीतको कथावस्तु र दृश्य संयोजनले दर्शकलाई सहजै जोड्ने प्रयास गरेको छ। कलाकारहरूको अभिनय स्वाभाविक देखिन्छ भने भिडियोमा कुकुर अर्थात् ‘माया’ को उपस्थितिले कथालाई थप भावनात्मक बनाएको छ।

गीतको म्यूजिक भिडियो ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक भएको छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको निर्माण पक्षले जनाएको छ।