• फाल्गुन २३ २०८२, शनिबार

आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीको एकता पक्षधर समूह नेकपामा समाहित

माघ १७ २०८२, शनिबार

काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीकाे एकता पक्षधर समूह प्रचण्ड नेतृत्वकाे नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ ।

धनकुमारी सुनारको नेतृत्वमा रहेको एकता पक्षधर समूहलाई आज पार्टी कार्यालय पेरिसडाँडामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टीमा समायोजन गराए । उक्त समूह र नेपाली कम्युनिष्ट पार्टीबीच ८ बुँदे सहमति पनि भएको छ ।

नेकपामा समाहित हुने नेताहरुमा धनकुमारी सुनार, गणेश रसाइली, यसोदा बराल, विक्रम सुनार, तुलसी परियार, प्रिया बराल, दीपा राना, हेमा सुनार, संगीता सिंजापति, सुमित्रा खाती, शर्मिला परियार, कमला विसी र रीता नेपाली लगायतका नेताहरु रहेका छन् ।