• फाल्गुन २३ २०८२, शनिबार

अल्काराज अस्ट्रेलियन ओपनको फाइनलमा

माघ १६ २०८२, शुक्रबार

काठमाडौँ । स्पेनका कार्लोस अल्काराज अस्ट्रेलियन ओपन पुरुष एकलको फाइनलमा पुगेका छन् ।

अस्ट्रेलियन ओपनको पहिलो सेमिफाइनलमा, अल्काराजले जर्मनीका अलेक्ज्याण्डर ज्वेरेभलाई पाँच सेटको खेलमा पराजित गरेका हुन् ।

यस खेलमा विश्व नम्बर एक टेनिस खेलाडी कार्लोस अल्कारेज र अलेक्ज्याण्डर ज्वेरेभ बीचको कडा प्रतिस्पर्धा भएको थियो ।

अल्काराज र ज्वेरेभबीच खेलिएको पहिलो सेमिफाइनलको स्कोरलाइन ६-४, ७-६, ६-७, ६-७, ७-५ थियो ।

अस्ट्रेलियन ओपनको दोस्रो सेमिफाइनल नोभाक जोकोभिच र जानिक सिन्नर बीच खेल भइरहेको छ । दोस्रो सेमिफाइनलको विजेताले फाइनलमा अल्कारेजको सामना गर्नेछ।