काठमाडौँ । काठमाडौंको दरबारमार्गस्थित उडल्यान्ड होटल परिसरमा रहेको ब्लाक हाउस डान्स क्लवमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।
आज बिहान १०:१५ बजेबाट सुरु भएको आगलागनी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । ब्लाक हाउस डान्स क्लवको भान्छाबाट सल्किएको आगो नियन्त्रण करिब ११:५४ बजे नियन्त्रणमा ल्याइएको थियो । सुरक्षाकर्मीसहित दमकलहरुले आगलागी नियन्त्रणमा लिएका थिए ।