काठमाडाैं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मूल्य ७ हजार ५०५ कायम भएको छ ।
बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ र त्यति नै चाँदीको मोल ७ हजार ३०० कायम भएको थियो । यसैगरी, गत मंगलबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ९ हजार ३०० त्यति नै चाँदीको मूल्य ६ हजार ८७० कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५६० र त्यति नै परिमाणको सेतो धातु १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।