काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले आठ नेतालाई निष्कासित गरेको छ ।
अर्को दलबाट उम्मेदवार बनेको र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै जसपा नेपालले पूर्वमन्त्री प्रदिप यादवसहित आठ नेतालाई बुधबार निष्कासित गरेको हो ।
निष्कासितमा पर्नेहरूमा प्रदीप यादव, चन्दनकुमार सिंह, आत्माराम साह, कमरुल्लाह अन्सारी, उदयकान्त मिश्र, हरिनारायण यादव, नवल किशोर सिंह र डा. शिवजी यादव रहेका छन् ।
जसपा नेपालले भनेको छ- ‘आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रत्यक्ष तर्फ जनता समाजवादी पार्टी, नेपालको नीति तथा निर्णय विपरीत पार्टीको आधिकारिक उम्मेदवारहरूको विरुद्ध, उम्मेदवारी दिने तथा पार्टीको हीत, पार्टी अनुशासन र विधान विपरीत कार्य गरेकोले तपसिलका व्यक्तिहरूलाई आजकै मितिबाट लागू हुने गरी पार्टीबाट निष्काशन गरिएको व्यहोरा जानकारी गराउँदछौं ।
प्रदिप यादव नेकपा एमालेमा प्रवेश गरि पर्सा- १ बाट उम्मेदवार बनेका छन् ।