• फाल्गुन २३ २०८२, शनिबार

प्रदेश खारेजीको कुरा गर्ने बालेनहरु संघीयता पक्षधर बनेर भोट माग्दा अचम्म लागेको छ : नेता वर्षमान पुन

माघ १३ २०८२, मंगलवार

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ले बालेन शाह हिजो प्रदेश चुनावमा म संघीयता विरोधी हुँ भन्दै भोट नहालेको मान्छे आज जनकपुरमा गएर ठूलो संघीयतावादी बनेको आरोप लगाएका छन् ।

रोल्पा—काठमाडौं सम्पर्क समन्वय समितिको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । नेता पुनले बालेनहरुले त्यस्तो भ्रम सिर्जना गर्न खोजेपनि आजको सचेत मतदाताले उनीहरुको भ्रमपूर्ण कुरा बुझिसकेको बताए ।

उनले सस्तो लोकप्रियताको कुरा गर्न नहुने भन्दै नेता पुनले हिजो कैलाली घटनामा परेका लक्ष्मण चौधरीविरुद्ध कडा आलोचना गर्ने रवि लामिछानेले आज तिनै लक्ष्मण चौधरीलाई रास्वपामा भित्र्याएको बताए ।

नेता पुनले आगामी फागुना हुन गइरहेको प्रतिनिधिसभाको चुनाव देशभक्त र देशलाई विदेशीको पाउमा बुझाउनेहरु बीचको संघर्ष भएको बताए ।