• फाल्गुन २३ २०८२, शनिबार

स्वास्थ्य विभागकी महानिर्देशक डा. संगीता मिश्रासँग ५ लाख धरौटी माग

माघ ७ २०८२, बुधबार

काठमाडौँ । स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासँग विशेष अदालतले ५ लाख धरौटी माग गरेको छ ।

बुधबार अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मिश्राविरुद्ध दायर भएको भ्रष्टाचारको मुद्धामा ५ लाख धरौटी माग गरेको हो । मिश्रले महानिर्देशक हुँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो ।

वर्तमान सरकारमा स्वास्थ्य मन्त्री बन्ने करिब तय भएपछि उनले अतिरिक्त स्वास्थ्य सचिवबाट राजीनामा दिएकी थिइन् । तर भ्रष्टाचार मुद्दा विचाराधीन अवस्थामा रहेपछि प्रधानमन्त्री कार्कीले उनलाई सिफारिस गरिसकेपछि फिर्ता गरेकी थिइन् ।