• फाल्गुन २३ २०८२, शनिबार

ओली उम्मेद्वारी मनोनयनका लागि आज झापा जाँदै

माघ ५ २०८२, सोमबार

काठमाडौं ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट उम्मेद्वारी मनोनयनका लागि आज झापा जाँदै छन्।

झापा क्षेत्र नं ५ बाट उम्मेद्वारी दर्ताका लागि आज विहान १०:२५ को जहाजबाट उनी भद्रपुर अवतरण गर्ने कार्यक्रम रहेको छ।

पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नं १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर क्षेत्रको पछिल्लो अवस्थाका बारेमा जानकारी लिनेछन्।

यसैगरी ३ नं क्षेत्रका बारेमा पनि उनले भद्रपुरमै जानकारी लिने कार्कीले बताए।

क्षेत्र नं २ का बारेमा अध्यक्ष ओलीले विर्तामोडमा जानकारी लिने कार्यक्रम छ। क्षेत्र नं ४ को निर्वाचन तयारीका सन्दर्भमा सुरुंगामा जानकारी लिने कार्यक्रम तय भएको छ।

आफ्नो निर्वाचन क्षेत्र दमक ५ का नेता कार्यकर्तासँग दमक मै भेटघाट गर्ने कार्कीले जानकारी दिए।

अध्यक्ष ओली जेनजी आन्दोलनमा जलेको दमकस्थित निवासमासमेत पुग्ने कार्यक्रम रहेको छ।