• फाल्गुन २३ २०८२, शनिबार

राष्ट्रिय सभाको १९औँ अधिवेशन आजदेखि हुँदै

माघ ४ २०८२, आईतवार

काठमाडौँ । राष्ट्रिय सभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ ।

नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा आगलागी भएपछि सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन हुने गरी तयारी गरिएको छ ।

संसद सचिवालयका अनुसार बिहान ११ बजेदेखि शुरु हुने बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।