• फाल्गुन २३ २०८२, शनिबार

गगनले पार्टी खोसेर हिँडेपछि आफ्नो गुटको बैठक बोलाए देउवाले, कोइराला पक्ष सहभागी नहुने

माघ ३ २०८२, शनिबार

काठमाडौँ । काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको बैठक सानेपामा शुरु हुने क्रममा रहेको छ ।

शुक्रबार निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको नवनिर्वाचित कार्यसमितिले आधिकारिकता पाएपछि आफ्नो रणनीति तय गर्न देउवा समूहले भेला गरिरहेको छ ।

यस भेलामा शेखर कोइराला समूहले भने भाग नलिने बताइएको छ । कोइराला निकट एक नेताले देउवा पक्षको बैठकमा आफूहरु सहभागी नहुने बताएका छन् ।

शुक्रबार गगन नेतृत्वको काँग्रेसले आधिकारिकता पाएपछि पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगले षड्यन्त्रपूर्ण निर्णय दिएको भन्दै आफूहरु वैधानिक र राजनीतिक लडाईं लड्ने बताएका थिए ।