• फाल्गुन २३ २०८२, शनिबार

निर्वाचन आयोग बाहिर देउवा र गगन पक्षको नाराबाजी

माघ २ २०८२, शुक्रबार

काठमाडौँ । नेपाली काँग्रेसका देउवा र गगन पक्ष निर्वाचन आयोग अगाडी आमने सामने भएका छन् ।

निर्वाचन आयोगले काँग्रेस विवाद बारे निर्णय लिने तयारी गरिरहेका बेला काँग्रेसका दुवै पक्षले आयोग अगाडी नाराबाजी गरिरहेका हुन् ।

दुवै पक्षले आआफ्नो पक्षमा नाराबाजी गरिरहदा कान्तिपथ क्षेत्र अस्तव्यस्त बनेको छ ।

आयोगले काँग्रेसको विवादले उग्ररुप लिने देखेपछि आफ्नो परिसर भित्र जाने गेट बन्द गरेर बिहानै देखि सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

यसअघि आज बिहान देउवा पक्ष र दिउँसो गगन पक्षसँग आयोगले छलफल गरेको थियो ।