• फाल्गुन २३ २०८२, शनिबार

काँग्रेस विशेष महाधिवेशनको बन्द सत्र सकियाे, चुनाव भाेलि

पुष २९ २०८२, मंगलवार

काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनको बन्द सत्र सकिएको छ ।

बन्दसत्रले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका विधान संशोधन र राजनीतिक प्रस्ताव सुझावसहित सर्वसम्मत पारित गर्दै बन्द सत्र समाप्त भएको हो ।

अब बन्दसत्र सकिएसँगै विशेष महाधिवेशन निर्वाचनको चरणमा पुगेको छ । आजैको बन्दसत्रले निर्वाचन समिति बनाएसँगै निर्वाचन समितिले निर्वाचनका कार्यक्रम गरिरहेको छ ।

निर्वाचन समितिले आज मनोनयन दर्ता गर्ने र बुधबार निर्वाचनका कार्यक्रम गर्ने भएको छ ।

निर्वाचनको प्रक्रिया बुधबार बिहान ८ बजेदेखि शुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।