काठमाडौँ, पौष २८ । नेपालको रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले टिक्मोमार्फत् आइएमई गरौं, उपहार जितौं योजना सार्वजनिक गरेको छ । यहि पौष २१ देखि चैत्र १७ सम्म संचालनमा रहने यो अभियान अन्तर्गत साउदी अरबमा रहेका नेपालीहरुले टिक्मो एप प्रयोग गरेर आइएमई मार्फत पैसा पठाउँदा विभिन्न उपहारहरु जित्ने अवसर रहेको छ ।
टिक्मो एपमार्फत् साउदी अरबबाट आइएमई गरि नेपाल पैसा पठाउँदा मेगा पुरस्कार अन्तर्गत एकजना भाग्यशाली विजेताले BYD Atto १ EV प्राप्त गर्न सक्नेछन् भने मासिक दुईजना भाग्यशाली विजेताले Yadea Owin EV स्कुटर जित्न सक्नेछन् । साथै साप्ताहिक विजेता अन्तर्गत १२ भाग्यशाली विजेताले आइफोन १७ जित्न सक्नेछन् । टिक्मोको यो उत्सवमा सामेल भएर कुल १५ जना भाग्यशाली ब्यक्ति लाभान्वित हुनेछन् भने विजेताहरु पारदर्शी डिजिटल लक्की ड्रमार्फत् छनोट गरिनेछ ।
वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरुले आफूले कमाएको पैसा सुरक्षित रुपमा नेपालमा रहेका आफ्ना आफन्तको हातमा पठाउने गरेका छन् ।
पछिल्लो समय मुद्रा भुक्तानीमा डिजिटल प्रविधि अझै नजिकिँदै गएको छ । वैदेशिक रोजगारीमा गएर स्वदेशमा वैदेशिक मुद्रा, प्रविधि र सीप भित्राउने मात्रै नभएर अवसरको सदुप्रयोग गर्दै विदेशबाट स्वदेशमा पैसा पठाउँदा उपहार जित्ने मौका पनि आइएमईले प्रदान गरेको छ ।