काठमाडौं । तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट मधेस प्रदेशसभा सदस्य बनेका रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका छन् । नेकपा (माओवादी केन्द्र) त्यागेको यसअघि घोषणा गरेका अन्सारीले आफूले रास्वपाको साधारण सदस्यता लिइसकेको बताए ।
उनले भने, “रास्वपाको साधारण सदस्यता लिने काम औपचारिकताभित्रै पर्छ, त्यसैले मैले अनलाइनमार्फत नै सदस्यता लिएको हुँ ।”
अन्सारीले रास्वपाबाट पर्सा–१ र बारा–४ मध्ये एउटा निर्वाचन क्षेत्रबाट आफूले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उमेदवारी दिने तयारी गरेको बताए ।