• फाल्गुन २३ २०८२, शनिबार

काँग्रेसमा कोहि मालिक र दास छैनन्-महामन्त्री गगन थापा

पुष २७ २०८२, आईतवार

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीमा कोही मालिक र दास नभएको बताएका छन् ।

विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अब पार्टीका कार्यकर्तालाई अब कसैले हेप्न नसक्ने बताउँदै पार्टीको यो संघर्ष  व्यक्ति बन्ने नबन्ने भन्ने नभएर पार्टी बचाउने संघर्ष भएको बताएका छन् ।

उनले यो विशेष महाधिवेशनले के निर्णय गर्छ आफूलाई थाहा नभएको बताउँदै महाधिवेशनको बन्दशत्रले जे निर्णय गर्छ त्याे आफूले मान्ने बताए ।

महामन्त्री थापाले काँग्रेसमा प्रश्न नमरेको बताउँदै पार्टीमा दास र लाश नभएको बताए ।