• फाल्गुन २३ २०८२, शनिबार

बेलायतबाटै मतदान गर्न पाउनु पर्छ भन्दै बेलायतबासी नेपालीहरुले नेपाल सरकारलाई गरे जोडदार माग

पुष २५ २०८२, शुक्रबार

बेलायत । आदिबासी जनजाति महासंघ बेलायतले नेपालमा हुने आसन्न निर्वाचनमा बेलायतबाटै मतदान गर्न पाउनु पर्छ भन्दै ज्ञापनपत्र बुझाएका छन्।

महासंघ बेलायतले नेपाली दूतावास लन्डन पुगेर आसन्न निर्वाचनमा बेलायतमा बसोबास गर्ने वृटिश गोर्खा र निजका सन्ततिहरुले बेलायतबाटै मतदान गर्न पाउनुपर्छ भनेर ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझाउनकोलागि महासंघ बेलायतका उपाध्यक्ष बिमला राईसहितको टिम नेपाली दुताबास लन्डन पुगेर बेलायतकालागि कार्यवाहक राजदूत बिपिन दुवाडीलाई ज्ञापनपत्र बुझाउँदै नेपालका प्रधानमन्त्री शुशीला कार्कीलाई बुझाउनकोलागि आग्रह गरेका हुन् ।

जनवरी २ तारिक शुक्रबारको दिन राजदुत दुवाडीलाई ज्ञापनपत्र बुझाउँदै बेलायतमा रहेका वृटिश गोर्खा र निजका सन्ततिले मतदान गर्न पाउनु पर्ने अधिकारदेखि बञ्चित नगर्न समेत उनीहरुको आग्रह रहेको छ ।

त्यसैगरी आसन्न निर्वाचनमा बेलायतमा रहेका वृटिश गोर्खा र निजका सन्ततिले मतदान गर्न पाउनु पर्छ भनि सिएनसिविजिले पनि पटक–पटक नेपाली दुताबास लन्डन पुगेर राजदूतलाई ज्ञापनपत्र बुझाएको  सिएनसिविजिका अध्यक्ष थर्क रानाले गराई दिनुहुन अनुरोध गर्नु भयो ।

उहाँले आफूहरुले बुझाएको मागको बारेमा नेपाल सरकारको धारणा यथासक्य चाँडो भन्दा चाँडो आउनुपर्ने बताउनु भयो। अध्यक्ष रानाले आदिबासी जनजाति महासंघ बेलायतले बुझाएको उक्त ज्ञापनपत्रले सिएनसिविजिले नोभेम्बर २१, २०२५मा बुझाएको ज्ञापनपत्रमा भएको मुद्धालाई नै बल पुराउने भन्दै महासंघका अध्यक्ष मेजर योगेश राई लगायतका टिमलाई धन्यवाद व्यक्त गर्नु भयो । उहाँले आगामी दिनहरुमा पनि यसरी नै एकताबद्ध भएर सहकार्य गर्दै अगाडि बढ्ने विश्वास समेत दिलाउनु भयो ।

आसन्न निर्वाचनमा बेलायतमा बसोबास गर्ने वृटिश गोर्खा र निजका सन्ततिहरुले बेलायतबाटै मतदान गर्न पाउनुपर्छ भनेर अहोरात्र खटिनु भएका सिएनसिबिजि कार्यसमितिका सदस्यहरु तथा सल्लाहकारहरु तथा अभियन्ताहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।