काठमाडौं । गोंगबुँ परोपकार महिला संस्थाको आयोजनामा काठमाडौं महानगरपालिका अन्तरगत नयाँ बसपार्क बिजीमलको प्रांगनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २ दर्जन बढीले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा काठमाडौं महानगरपालिका वडानम्बर २६ वडा अध्यक्ष खेम तिवारी पनि उपस्थित थिए भने काठमाडौं महानगरको तर्फबाट जनस्वाथ्य निरीक्षक घनेन्द्र श्रेष्ठ लगायतका सहभागी थिए ।





