• फाल्गुन २३ २०८२, शनिबार

आज चाँदीको मुल्य अहिलेसम्मकै उच्च

पुष २३ २०८२, बुधबार

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ४ सयले घटेर तोलाको २ लाख ६७ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ६८ हजार एक सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर ४९३५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो मुल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो । यसअघि मंगलबार चाँदी तोलाको ४८८० मा कारोबार भएको थियो ।