• फाल्गुन २३ २०८२, शनिबार

तस्वीरमा हेर्नुहाेस् माइतीघरमा भएको जेनजी प्रदर्शन, सुशीला कार्कीकाे राजीनामा मुख्य माग

पुष ८ २०८२, मंगलवार

काठमडाौं । सुशासनका माग राखी लामो समयदेखि आन्दोलन गर्दै आएको नेपालका जेनजी युवाहरुले फेरि अर्को आन्दोलनको सुरु गरेका छन् ।

काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दैआएका जेनजीहरुको आन्दोलनमा प्रहरीले ब्यापकरुपमा दमन गरेको थियो । तर प्रहरीको दमनमा पक्राउ परेका जेनजी नेताहरु जनदवावका कारण तत्कालै रिहा भएका छन् । उनीहरुले गत भाद्र २३ र २४ गते आन्दोलनमा भएको दमनको कडा शब्दमा निन्दा गरेका छन् ।

जेनजी आन्दोलनमा गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनका दमनकारी केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतका दोषीमाथि कडा कारवाही हुनुपर्ने अन्यथा सुशीला कार्कीले पदबाट राजनीनामा दिनु पर्ने माग धेरैचोटी दोहोर्याएका छन् ।

उनीहरुले वर्तमान सरकार विदेशी एनजिओले बनाएको गम्भीर आरोप पनि लगाएका छन् । आज विरोध प्रदर्शनमा आएका जेनजी नेताहरुले वास्तविक जेनजी आफूहरु भएको दावी पनि गरेका छन् । अबदेखि उनीहरुले आन्दोलन थप चर्काउँदै लैजाने घोषणा पनि गरेका छन् ।

जेनजी युवाले गरेको माइतीघरमा गरेको प्रदर्शन तस्वीरमा  :