• फाल्गुन २३ २०८२, शनिबार

एनपीएल च्याम्पियन बनेको लुम्बिनीले पायाे १ कराेड बढि पुरस्कार

मंसिर २७ २०८२, शनिबार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा च्याम्पियन बनेको लुम्बिनी लायन्सले यसअघि पहिलो संस्करणकै विजेताले पाएको समान पुरस्कार पाएको छ ।

यसअघि पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले १ करोड १० लाख रुपैयाँ पाएको थियो । दोस्रो संस्करणको विजेता लुम्बिनीले पनि यही पुरस्कार राशि पाउने नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले प्रतियोगिताअघि बताएका थिए ।

यस्तै, उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पक्का गरेको छ । यसैगरी तेस्रो स्थानको विराटनगर किंग्सले २५ लाख र चौथो स्थानको काठमाण्डू गोर्खाजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।