• फाल्गुन २३ २०८२, शनिबार

कम्बाेडियासँगकाे लडाइँकै बीचमा थाइल्याण्डको संसद भंग

मंसिर २६ २०८२, शुक्रबार

काठमाडौँ । थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले संसद भंग गरेका छन् । ४५ देखि ६० दिन भित्र देशमा आम चुनाव गराउने घोषणा गर्दै प्रधानमन्त्री चार्नविराकुलले संसद भंग गरेका हुन् ।

शुक्रबार जारी गरिएको एक आदेशमा प्रधानमन्त्री चार्नविराकुलले उनको अल्पसंख्यक सरकारले तीन महिना अघि सत्तामा आएदेखि सीमामा भएका घातक झडपहरू सहित धेरै चुनौतीहरूको सामना गरेको उल्लेख गरेका छन् ।

उनले भने- ‘उपयुक्त समाधान भनेको संसद भंग गर्नु हो, जुन जनतालाई राजनीतिक शक्ति फिर्ता गर्ने तरिका हुनेछ ।’

व्यापारीबाट राजनीतिज्ञ बनेका अनुतिन अगस्ट २०२३ पछि थाइल्याण्डका तेस्रो प्रधानमन्त्री भएका छन् । सेप्टेम्बरमा सत्तामा आएपछि उनले जनवरीको अन्त्यसम्ममा संसद भंग गर्ने बाचा गरेका थिए । हाल छिमेकी देश कम्बोडियासँग तनाव भइरहेको बेला थाइल्याण्डम संसद भंग गरिएको छ ।