• फाल्गुन २३ २०८२, शनिबार

काठमाण्डु गुर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश

मंसिर २४ २०८२, बुधबार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बुधबार भएको एलिमिनेटर खेलमा काठमाण्डु गुर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

काठमाण्डुले दिएको ११२ रनको सहज लक्ष्य लुम्बिनीले १७.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाण्डुले १९.१ ओभरमा १११ रन बनाउँदै अलआउट भएको थियो ।
अब लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किङ्ग्ससँग खेल्नेछ ।

लुम्बिनीका लागि डार्सी सर्टले सर्वाधिक ३३ रन बनाए । भने क्याप्टेन रोहित पौडेल १८ रन, सन्दीप जोरा २३ रन, दिलिप नाथ ७ रन, निरोशन डिकवेला १४ रन बनाए । जे जे स्मिथ शुन्य र रुबिन ट्रम्पलमेन ५ रनमा अविजित रहे ।

काठमाण्डुका लागि बलिङतर्फ सन्तोष यादवले २ , करण केसी, सन्नी पटेल, साहब आलम र रासिद खान १–१ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको काठमाण्डुको लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए । शीर्षक्रमका ४ ब्याटर दोहोरो अंक नबनाइ बाहिरिएपछि काठमाण्डुको ब्याटिङ धरासायी बनेको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेल र शेर मल्लले ३–३ विकेट लिए भने तीव्र रुवेन ट्रम्पलमेनले २, अभिषेश गौतमले १ विकेट लिए ।