काठमाडौंः नेपाली बजारमा सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ मंगलबारको तुलनामा २०० रुपैयाँले बढेको हो । नेपाल सुन–चाँदी व्यवसायी संघका अनुसार बुधबार २०० रुपैयाँले बढेर एक तोला सुनको भाउ २ लाख ५२ हजार १०० रुपैयाँ पुगेको छ । बुधबार १ हजार रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य घटेसँगै चाँदीको भाउ भने महंगिएको छ । महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य ३ हजार ७५० रुपैयाँ कायम भएको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो । मंगलबार प्रतितोला चाँदी ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।