• फाल्गुन २३ २०८२, शनिबार

पहिलो क्वालिफायरमा विराटनगरले जित्यो टस, सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने

मंसिर २३ २०८२, मंगलवार

काठमाडौंः नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर विराटनगर किंग्सले पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएका हुन् ।

लिग चरणको ७ मध्ये ६ खेल जितेको सुदूरपश्चिम रोयल्स शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्दैछ । लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै लिग चरणमा ५ खेल जित्दै विराटनगर किंग्सले पहिलो क्वालिफायरमा स्थान बनाएको हो ।