काठमाडौं : नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । सुनको मुल्य तोलामा ९०० र चाँदी ७० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार ९०० रुपैयाँले घटेर प्रतितोला सुनको मुल्य २ लाख ५२ हजार ४०० कायम भएको छ । अघिल्लो दिन बिहीबार एक तोला सुन २ लाख ५३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो
महासंघका अनुसार चाँदी ७० रुपैयाँले घटेर तोलाको ३ हजार ५५५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ६२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।