• फाल्गुन २३ २०८२, शनिबार

सुदूरपश्चिमविरुद्ध फिल्डिङमा चितवन

मंसिर १८ २०८२, बिहीबार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले पहिले फिल्डिङ गर्ने भएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने खेलका निम्ति भएको टस जितेर चितवनले बलिङ रोज्दै सुदूरपश्चिमलाई ब्याटिङमा निम्त्याएको हो ।

प्रतियोगितामा सुदूरपश्चिमले प्लेअफ यात्रा तय गरिसकेको छ । सुदूरले आजको खेलमा जित निकाले शीर्ष स्थान सुनिश्चित गर्नेछ । यता, चितवन भने प्लेअफ दौडमा कायम रहन जितको दबाबमा छ ।