लन्डन। नेपाली नागरिकता निरन्तरता अभियानले नागरिकताको निस्सा देखाएर बेलायतबाटै मतदान गर्न पाउनु पर्नेमा जोडदार माग राखेका छन् ।

नेपाली नागरिकता निरन्तरता अभियान सिएनसिबिजि CNCBG का अध्यक्ष थर्क रानाको नेतृत्वको एक प्रतिनिधि मन्डलले नेपाल राजदूतावास लण्डन पुगि कार्यवाहाक राजदूत राजदूत (Charge d’ Affaires a.i.) विपिन दुवाडी तथा द्वितिय सचिव सन्जोग राईसंग छलफल गरी नागरिकताको निस्सा देखाएर बेलायतबाटै मतदान गर्न पाउन माग गरेका हुन् ।

उपाध्यक्ष दल बहादुर बुढाथोकीले संचालन गर्नु भएको कार्यक्रममा अध्यक्ष थर्क रानाज्यूले राज्यले सुम्पेको गहन जिम्मेवारी प्रति कार्यवाहाक राजदूतलाई बधाई तथा कार्य सफलताको सुभकामना व्यक्त गर्नु भयो । त्यसका साथै उहाँले भेटघाटको अवसर प्रदान गर्नुभएकोमा दुतावास परिवारलाई धन्यवाद टक्र्याउँदै सिएनसिबिजिले आजसम्म निरन्तर गोर्खा र निजका सन्ततिहरूका लागि नेपाली नागरिकता ऐनको दफा १०(१) संशोधन गर्ने कुरा गरिरहेको छ भनेर प्रष्टसंग राख्नु भयो ।

उहाँले संविधानत हामी गोर्खाहरू नेपाली नै हौं । हाम्रो यो माग अन्तरिमनै भएपनि हालको नेपाल सरकारले पुरा गर्नसक्छ र गर्नुपर्छ भन्नेमा विशेष जोड दिदै लामो समय देखि आफूहरुले राखेको माग पुरा गर्न पनि उहाँले दुतावास मार्फ नेपाल सरकारलाई बताउनु भयो ।
त्यसैगरी केन्द्रिय सदस्य एवं वेब एडमिन कृष्ण कुमार थुलुङ राईले बेलायतमा बसोवास गर्ने गोर्खाहरूले आगामि राष्ट्रिय निर्वाचनमा आफ्नो नेपाली नागरिकताको निस्सा देखाएर बेलायतमै मतदान गर्न पाउने व्यवस्था दूताबासले मिलाउनुपर्नेमा जोड दिंदै ज्ञापनपत्र पढनुभएको थियो । त्यसपछि सिएनसिबिजिका अध्यक्षले गोर्खाहरूको माग सहितको अवधारणापत्र दूतावासमार्फत अन्तरिम सरकारकी प्रधानमन्त्री शुशीला कार्कीज्समक्ष पुर्याउन कार्यवहाक राजदूतज्यूलाई हस्तान्तरण गर्नुभयो थियो ।
ज्ञापनपत्र बुझेपछि कावा राजदूतज्यूले हामी पनि विदेशमा बस्ने युवाहरूलाई नेपालसंग कसरी जोड्न सकिन्छ भन्ने खोजीमा छौं । नेपाल र बेलायतको इतिहास गोर्खाहरूको कारणले लामो समयदेखि पुलको रुपमा काम गरेको र सुमधुर रहेको छ । तपाईंहरूले आफ्नो जायज माग लिएर आउनु भएको छ । यहाँहरूको यो माग नेपाल सरकारसंग जतिसक्दो छिटो पठाउँछु । ढुक्क हुनुहोस यो मेरो दायित्वभित्र पर्दछ । तर कतिपय काम राजनीतिक क्षेत्राधिकारभित्र पर्छ त्यस्तो काम मैले गर्न नसकौंला तर मैले तपाईंहरूको चासो र मागलाई सम्बन्धित निकायमा पुर्याउँछु भन्नुभयो ।
सिएनसिबिजिको प्रतिनिधि मण्डलमा अध्यक्ष सहित संस्थाका उपाध्यक्ष श्दल बहादुर बुढाथोकी, मेडिया सेक्रेटरी मोहन गुरुङ, वेबसाइट एड्मिन कृष्ण कुमार थुलुङ राई,आजिवन सदस्य सोभा राना, गमर थापा अध्यक्ष गेसो, प्लम्सस्टिड शाखा तथा आजीवन सदस्य सिएनसिबिजि, र जेस्ठ नागरिक (भुपु गोर्खा सैनिक) ८७ बर्षिय-पदम बहादुर थापा मगर सल्लाहकार जिगेसा साथै आजीवन सदस्य सिएनसिबिजी उपस्थित रहेको बेलायतबाट सिएनसिबिजीका उपाध्यक्ष दलबहादुर बुढाथोकीले गोलखबर मिडियालाई बताउनुभयो।



